एम. फिल./ पीएच. डी.को सेमिनार सम्पन्न
Aug 3, 2022

सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा अङ्ग्रेजी विषयका एम फिल तेस्रो सत्रका विद्यार्थी र अङ्ग्रेजी विषय कै एम फिल/ पीएच डी उपाधि प्राप्त शिक्षकहरुका लागि दुइ दिने रिसर्च सेमिनार सम्पन्न गरिएको छ । उक्त रिसर्च सेमिनारमा प्रा० डा० अनिरुद्र थापा प्रमुख प्रशिक्षक रहनु भएको थियो । उक्त कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।