पोखरा विश्वविद्यालयको समूह सु.प.विश्वविद्यालयमा
Aug 3, 2022

पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा० अजय थापाको नेतृत्वमा यस विश्वविद्यालयको अध्ययन भ्रमणको सिलशिलामा आएको समूहको सु. प. वि., मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालयमा स्वागत गर्नुका साथै दुबै विश्वविद्यालयबीच अनुसन्धान तथा अन्य क्षेत्रमा सहकार्यका सम्भावना बारे समेत विचार विमर्श गरिएको थियो ।