Have you any question?

099-590009

dean.humanities@fwu.edu.np

एक दिवसीय गोष्ठी

Jan 28, 2023

सुदूरपश्चिम विश्वविद्यालय समुदायकाबीच, समुदायका लागि र समुदायको सहयोगमा सन्चालन हुनु पर्द्छ भन्ने मान्यताका साथ रानाथारू समुदायका विविध विषयमा मानविकि तथा सामाजिकशास्त्र संकायले एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ । 
कैलाली र कंचनपुर जिल्लामा उल्लेख्य जनसंख्या रहेको रानाथारु समुदायका कंचनपुर जिल्लाका पुनर्वास, बेलौरी लगायत प्रायः सबै ठाउँबाट राना समुदायकासामाजिक संस्थाहरु भर्‍रा, पधना र भलमान्सा र बौद्धिक व्यक्तित्वहरुकाे सहभागिता रहेकाो उक्त कार्यक्रममा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. भवानी चन्द ठकुरी, शिक्षाशास्त्र संकायका सहायक डीन डीन डा० मदन देउपा लगायतका पदाधिकारीहरूको सहभागिता रहेकोथियो ।
कार्यक्रमको संचालन सु.प.वि. भाषा तथा साहित्य अध्ययन केन्द्रका निर्देशक डा. हरिश चन्द्रभट्ट र स्वागत मन्तव्य इन्जिनियरिङ संकायका डीन डा. किशन दत्त भट्ट्ले गर्नु भएको थियो । 
उक्त कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा० डा०मुकुन्द कलौनीका साथै रानाथारू अगुवा प्रेमवती राना, ई० बिक्रम राना, राजकुमार राना, जीवन राना रलक्ष्मी रानाले विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । 
उक्त गोष्ठीको अध्यक्षता मानविकी तथासामाजिक शास्त्र संकायका डीन प्रा० डा० मुकुन्द कलौनीले गर्नु भएको थियो ।